०५ चैत्र २०८१, बुधबार

देशमा भैरहेका प्राकृतिक प्रकोप प्रति नेपाली कांग्रेस कोशीको ध्यानाकर्षण

Logo
संवाददाता बुधबार, आश्विन १६, २०८१

 

 

विराटनगर ।नेपाली कांग्रेसको कोशी प्रदेश समितिले देशमा भैरहेका प्राकृतिक प्रकोप र राजनीतिक चासोहरूप्रति ध्यानाकर्षण गदै प्रेस विज्ञप्ती जारी गरेको छ । प्रभावित नागरिकलाई सहयोग गर्ने र राजनीतिक स्थायित्व कायम राख्ने पार्टीको प्रतिबद्धता गरेको नेपाली कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले बताउनुभयो । हालैको अविरल वर्षाका कारण व्यापक क्षति हुँदा, पार्टीले निधन भएका र घाइते भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै राहतका लागि सरकारलाई तुरुन्तै कदम चाल्न आग्रह गरेको छ । मृतकका परिवारलाई विशेष राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न अनुरोध गरिएको छ । काठमाडौँसँग जोड्ने प्रमुख सडकहरू भत्किएको कारण घर जाने चाहने सर्वसाधारणलाई समस्यामा परेको अवस्थामा, कोशी प्रदेश सरकारले यथाशीघ्र सडक पुनः सञ्चालनको पहल गर्न , नेपाली कांग्रेसले हालको संयुक्त सरकारमा सहकार्यलाई निरन्तरता दिनको महत्त्वलाई औंल्याएको छ। पार्टीले सबै राजनीतिक दललाई सहमतिहरूको पालना गर्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको जारी गरिएको विज्ञप्तीमा भनिएको छ । कालाबजारी, महँगाइ र भ्रष्टाचारको समस्याबारे ध्यानाकर्षण गर्दै, पार्टीले सम्बन्धित निकायलाई तदारुक कदम चाल्न आग्रह गरेको छ र आम नागरिकलाई सचेत गराइएको छ । कोशी प्रदेश समितिले हालसम्म २२ वटा विभाग गठन गरिसकेको र आगामी प्रदेश सम्मेलनको तयारी भइरहेको जानकारी गराएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१