वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताउनुु भएको छ ।
प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गर्नुुभयो ।
उहाँले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने बिचार व्यक्त गर्नुुभयो ।
उहाँले भन्नुुभयो,‘ ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेनन त्यहि समस्या छ ,।
सांसद समेत रहनुुभएको नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा व्यक्त गर्नुुभयो । दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उहाँले स्पष्ट पार्नुुभयो । हाम्रो देशको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्ने उहाँको भनाइ थियो ।