विराटनगर/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचारकेन्द्रलाई स्तरोन्नति गर्न सघाउने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ । मन्त्री पौडेल र कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईसहितको बैठकले स्तरोन्नति गरी पूणर् क्षमतामा सञ्चालन गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लेखी पठाउने गरी निणर्य गरेको छ ।
मन्त्री पौडेलले कोशी प्रदेश सरकारबाट हस्तान्तरण भएपछि केन्द्रलाई मुटुसम्बन्धी उपचारका लागि आवश्यक उपकरण र थप पूर्वाधारको विकास गरेर सञ्चालनमा ल्याउन काम थाल्ने बताउनुु भयो ।
गत महिना विराटनगरमा केन्द्रको निरिक्षण गरेका मन्त्री पौडेलले प्रदेश मातहत विकासमा मन्त्रालयलाई जटिलता रहेको भन्दै संघ मातहत जिम्मेवारी प्राप्त भएमा स्तरोन्नतिका लागि उपकरणसहितका पूर्वाधार तयार पार्ने घोषणा गर्नुुभएको थियो ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले संघ सरकारलाई स्तरोन्नतिका लागि आग्रहसहित निश्चित अवधि हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाउनुुभयो ।