०८ पुष २०८१, सोमबार

कोशी प्रदेशका कानुन मन्त्रीको कनेक्सन सुुनतस्करसंग हुुनसक्ने आशंका

हताहत्तार मन्त्री पदबाट राजीनामा
Logo
News बुधबार, कार्तिक २१, २०८१

विराटनगर\ कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले हत्तार हत्तार मन्त्री पदबाट राजिनामा दिनुुभएको छ ।
शंकास्पद रुपमा जापान पुुगेर फर्कीनुुभएका मन्त्री अधिकारीले जापान भ्रमण विवादित बनेपछि राजीनामा दिएको बताएपनी हङकङ हुुदै फर्कीदा आफुुसंगै आएका तिजना नेपाली सुुन तस्करी प्रकरणमा बिमान स्थ्लमा पक्राउ परेपछी मन्त्री अधिकारीको कनेक्सन सुुनतस्करहरु संग हुुन सक्ने आशंका समाचार स्रोतले गरेको छ ।
उहाँ टोकियो महानगरपालिकाको निम्तोमा अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि सुटुक्क जापान उड्नुुभएको बताइएको छ । सरकारका कुनैपनि मन्त्रीले विदेश भ्रमणमा जाँदा मन्त्रीपरिषद्बाट स्वीकृति लिँदै संघीय सरकारबाट समेत भ्रमणको अनुमति लिनुपर्ने व्यवस्था छ । तर उहाँ बिदाको समय परेको कारण देखाएर कुनैपनि निकायबाट स्वीकृति नलिई जापान पुग्नुुभएको थियो । उहाँले आफू जापान पुगेपनि निम्ता गरिएको कार्यक्रममा सहभागी नभएको बताउनुुभयो । कार्यक्रममै सहभागी नभएको विषयमा भने मन्त्री अधिकारीले हङकङबाट तीनजना मानिसहरू पनि आफूसँगै मिसिएको भन्दै प्रष्टिकरण दिनुुभयो । यो भनाईले मन्त्री अधिकारीको जापान भ्रमण नै शंकास्पद बनेको छ ।
मन्त्री अधिकारीका अनुसार आफूसँगै हङकङबाट मिसिएका तीनैजनालाई अहिले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर मन्त्री अधिकारीले आफुले नै पक्राउगराएको जनाउ दिदै जोगिन खोजेको जस्तो देखिएको छ । पक्राउ पर्नेमा खोटाङका जनक राई, दावा शेर्पा र तेस्रो व्यक्ति नाम नखुलेको देवकोटा थरको भएको बताइएको छ । भ्रमण विवादित भएपछि नैतिकताका आधारमा राजिनामा दिएको मन्त्री अधिकारीले घोषणा गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१