विराटनगर\तिहारमा जुवा खेल्दै गरेको अवस्थामा विराटनगरमा पक्राउ परेका जुुवाडेलाई रातारात प्रहरीले छोडेपछी मोरङ प्रहरी बिबादमा तानिएको छ ।
विराटनगर–११को संगम पार्टी प्यालेसमा गत लक्ष्मी पुुजाकादीन जुुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका नामुुद १० जना जुुवाडेलाइ भोलीपल्टै मोरङ प्रहरीले हाजिरी जमानीमा छडेपछी मोरङ प्रहरी बिवादमा तानिएको हो ।
२० गते मंगलबार सिधै जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका नामुद जुुवाडेहरु सबैले जनही १७ हजार ५ सय रूपैयाँका दरले धरौटी बुझाएर हाजिरी जमानीमा छुुटेको बताइएको छ ।
धरौटी बुझाउनेमा विराटनगरका नामुुद जुवाडेहरु पदम श्रेष्ठ, राजन कँडेल, पशुपति भगत, ध्रुव सिग्देल, टुनटुन शर्मा, बाबुराम कट्टेल, सुरेन्द्र ठाकुर, वीरेन्द्र साह, मनिराज प्रसाई र लिला सहनी रहेको प्रहरीले जनाएको छ ।
धरौटीमा छुटेका सबैको जुवा मुद्दा भने जारी रहेको छ भने पछि सबैलाई जरिवाना हुने बताइएको छ ।