विराटनगर\ र्कोशी प्रदेशमा अवस्थित ग्रामथान गाउँपालिकाको रिक्त रहेको अध्यक्ष पदकालागी आगामि मंशिर १६गते हुुने निर्वाचनले राजनीतिक माहोल तातेको छ ।
विभिन्न राजनीतिदलहरु निर्वाचनको तयारीमा लागीराख्दा नेपाली कांग्रेसलाइ आफुुले बिजय हासिल गरेको पद जोगाउन हमे हम्मे परेको छ । पालिका अध्यक्ष जय प्रकाश गच्छदारको मृत्युुभएपछी हुुन लागेको उप निर्वाचनमा नेपाली कांग्रेसका नेतै बिच्चेका उमदवारका देखिएपछी कसलाइ उमेदवार बनाउने भन्ने अन्यौल कायमै छ ।
कांग्रेसबाट डेढ दर्जन अध्यक्षको उमेदवार आकांक्षि देखिएका छन । एमालेबाट आधादर्जन आकांक्षी छन भने माओवादीबाट कांग्रेस छोडेका नवप्रवेशि नमोनारायण माझीको एकल उमेदवारी रहेको देखिएको छ । तर जती निर्वाचनको मिति नजिक आउदैछ, त्यतीनै उमेदबार ,उमदवार बिचनै कडा प्रतिस्प्रधा देखिन थालेको छ । अध्यक्षमा कांग्रेसबाट अग्रपंक्तीमा रहेका बलराम सरदार, सत्यनारायण भगत र सुुर्य नारायण माझी मध्ये एक उमेदवार हुुने निश्चीत देखिएको स्रोतको बनाइ छ । त्यसैगरी एमालेबाट नामुद जुवाडे तथा जुुवा प्रकरणमा पक्राउपरेका शिवनारयाण माझी , वडा ध्यक्षमा पराजित तुुलसी बिस्वास, र कृष्ण कुमार माझी तिजनाको नाम व्यापक चर्चामा रहेको स्रोतले बताएको छ ।
निर्वाचन आयोगका अनुुसार पालिका अध्यक्षको निर्वाचन हुने मोरङको ग्रामथानमा १२ वटा मतदान स्थल र २९ वटा मतदान केन्द्र रहने छन । । तर मतदाताको अन्तिम नामावली कात्तिक २६ गतेभित्र प्रकासित हुने जानकारी दिंदै मतदाताको संख्या वृद्धि भएको खण्डमा भने मतदान केन्द्र थपिएर पनि आउन सक्ने छ । निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतहरूको तालिम सम्पन्न गरेपछि उनीहरूलाई मतदानका लागि आवश्यक सामग्रीको बन्दोबस्त गरिने छ ।
।