विराटनगर/ नेपाली कांग्रेस ग्रामथानले आइतबार तेतरीयामा उमेद्वार घोषणा सभा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस ग्रामथान सभापती तुुलसीकिरण बिस्वासको अध्यक्षतामा आयोजना गरिएको उमेदवार घोषणा कार्यक्रममा उमेदवार बलराम सरदार थारुको उमेदवारी घोषणा गरिएको थियो ।
नेपाली कांग्रेस मोरंङका सभापती तथा पुुर्व युुवा तथा खेलकुुद मन्त्री डिग बहादुुर लिम्बुुले आसन्न स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्षका उमेदवार बलराम सरदार थारुको उमेदवारी घोषणा गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य समेत रहनुुभएका युुवा नेता लिम्बुुले कांग्रेसका उमेदवार जिताउन ग्रामथानबासी लाई आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेस कटहरी गाउँपालिकाका सभापती रामकुुमार कामतले कटहरीमा रहेका कांग्रेसका नेता कार्यकर्ताहरु पनि ग्रामथानमा कांग्रेसका अध्यक्षका उमेदवारलाइ जिताउन लागि पर्ने बिचार व्यक्त गर्नुुभयो । त्यसै गरी नेपाली कांग्रेसका युुवा नेता तथा पुुर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले ग्रामथानमा कांग्रेसलाइ जिताएर चार तारे झन्डा फहराउन आह्वान गर्नुुभयो ।
त्यसैगरी ग्रामथान गाँउपालिकामा अध्यक्षको दावेदारी गर्दै आउनुुभएका सुुर्यनारायण माझीले बलराम सरदार थारु जस्तो इमान्दार नेता पाएपछी आफु्नो उमेदवारी फिर्ता लिएर सरदारलाइ समर्थन गरेको हुुदा उहाँलाइ जिताउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बिचारव्यक्त गर्नुभएको थियो ।
सोहि सभामा नेपाली कांग्रेस मोरङका उपभासपती नागेश कोइराला, भक्तीनाथ माझी, पुुर्व संसाद दिलिप गच्छदार , कांग्रेस नेतृ सरिता माझी , कांग्रेस नेता ज्योतिस गच्छदार लगायतले ग्रामथानको आसन्न उपचुुनावमा कांग्रेसका उमेदवार बलराम सरदारलाइ अत्याधिक बहुुमतले बिजय गराएर कांग्रेसको शाख जोगाउन लागी पर्ने उद्घोष गर्नुुभयो ।