विराटनगर/ नेपाली कांग्रेस ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा अध्यक्षका उमदवार बलराम सरदार थारुलाइ जिताउन मोरङ कांग्रेसका सभापती डिगबहादुुर लिम्बुु लगायतको टोली मोर्चाबन्दि गरेर बसेको छ ।
सभापती लिम्बुुले नेपाली कांग्रेसका क्रियाशिल पार्टी सदस्य भातृ संस्थाका पदाधिकारी तथा सदस्यहरुलाइ प्रशिक्षणदिदै आसन्न उपनिर्वाचनमा कांग्रेसका उमेदवार बलराम सरदार थारुलाइ आ-आफ्नो ठाउबाट मोर्चाबिन्द गरी मतको सुुरक्षागर्न कडा निर्देशन दिनुुभएको नेपाली कांग्रेस प्रचार प्रसार संयोजक तुुली किरण बिस्वासले बताउनुुभयो ।
साथै ग्रामथान गाउँपालिकाको वडा न. ६ को नेता चौक ,वडा न. ३ को सिद्राहा, र वडा न. १ को खुुनिया कट्टमा रहेका कांग्रेस कार्यकर्ता एव्म सुुभचिन्तकहरुलाइ मोरङ कांग्रेस सभापती लिम्बुुले कांग्रेसका मतहरुलाइ सुुरक्षीत गरी आसन्न उपचुुनाउमा पार्टीका उमेदवार बलराम सरदारलाइ जिताउन आग्रह गर्नुुभयो । साथै स्थानीय सामाजिक अगुुवाहरु , नागरिक समाजका अग्रजहरु , विद्यार्थीहरु समेत कांग्रेसका उमेदवार बलराम सरदारलाइ जिताउन लागी परेको देखिएका छन ।
बहुुजाती बहुुभाषि तथा विबिध समुुदायको बसोबास रहेको ग्रामथानमा पुुराना र अग्रज साथै इमान्दार छवि भएका बलराम सरदारले ग्रामथान गाउँपालिकाको नेतृत्व पाए स्थानीय स्तरमा बिकासको लहर आउने कांग्रेसका नेता सुुर्यनारायण माझीले बताउनुु भयो । माझी आफै कांग्रेसबाट उमेदवार बन्ने आकांक्षी थिए । तर बलराम सरदारले टिकट पाएपछी माझी आफै चुुनाउ जिताउन लागि परका छन । उहाँमात्र होइन अध्यक्षको टिकटका आकांक्षीहरु सबै एक ढिक्का भएर सरदारको पक्षमा उभिएका छन र उनलाइ जिताउन सक्रीय भएर लागीरहेका देखिन्छन ।
तर एमाले भित्र भाडभैलो छ । कसरी एमालेका उमेदवारलाइ हराउने भन्ने प्रतिस्प्रर्धा एमाले भित्रै छ । एमालेको टिकट बितरणबाट असन्तुुस्टरहेका एमालेलाइ एमाले भित्रको लडाइलाई मौकाका रुपमा माओवादीले लिएको छ । त्यसैगरी माओवादी पनि एमालेको असन्तुस्ट भोट चोर्ने दाउमा छ । तर कांग्रेसमा योपटक अन्तरर्घात छैन ।
साथै उमेदवार पनि शालिन ,इमान्दार रहेकाले शतप्रतिशत कांग्रेसकै उमेदवार बलराम सरदारले अध्यक्षमा चुुनाव जित्ने पालिका क्षेत्रका स्वतन्त्र अगुुवाहरुको विष्लेषण छ ।