विराटनगर/ आसन्न स्थानीय उपनिर्वाचनमा कांग्रेस तर्फका उमेदवार बलराम सरदार (थारु) लाई जिताउन पार्टीले प्रचार-प्रसार अभियानलाइ घर-दैलो कार्यक्रममा केन्द्रीत गरेको देखिएको छ ।
नेपाली कांग्रेस ग्रामथान चुुनाव प्रचार प्रसार समिति सहित अध्यक्षका उमेदवार बलराम सरदार (थारु)को विशाल जुुलुुसले स्थानीयसंग घर-दैलो गर्दै मत मागेको नेपाली कांग्रेस कोशि प्रदेश कार्यसमीती सदस्य तथा ग्रामथान गाउँपालिका उपनिर्वाचन अर्थसमितिका संयोजक सुुर्यनारायण माझीले जानकारी दिनुुभयो ।
ग्रामथान गाउँपालिका वडा न.६ को नेता चौक , वडा न. ७ वनिगामा क्षेत्रमा चुुनाव प्रसार प्रसार गर्नुुका साथै प्रत्येक घर-दैलोमा पुुगेर स्थानीय संग मत माग्न अध्यक्षका उमेदवार बलराम सरदार (थारु) सहित बिशाल जुुलुस मतदाताको घर-दैलोमै पुुगेर मत मागेको देखिएको थियो ।
खेतमा धानकाट्ने चटारो चलिरहेको बेला पनि ग्रामथानका महिलाहरु कांग्रेसतर्फका अध्यक्षका उमेदवार बलराम सरदार सहित घरदैलो कार्यक्रममा व्यापक जनहसभागीता जनाइरहेका छन , यसले कांग्रेसका उमेदवार जित नजिक छन भन्ने विस्वास लागिरहेको स्थानीय बुधनि देवि चौधरीको भनाइ छ ।त्यसैगरी ग्रामथान गाउँपालिकाका युुवाहरु पनि कांग्रेसका जिताउन कम्मर कसेर लागेका छन । स्थानीय हरेराम चौधरी भन्छन,‘ इमान्दार, सरल, सोझो र अनुुभवी उमेदवार भएकाले हामि कांग्रेस उमेदवार बलराम सरदार (थारु)लाइ जिताउन लागी परेका छौ, । स्थानीय युवा र महिलाहरुले प्रत्येक वडामा ठुुलो समुुह बनाएर कांग्रेसका उमेदवारलाइ बिजय गराउन मत मागिरहेको स्थानीय बाबुुराम चौधरीले बताउनुुभयो ।