विराटनगर\ प्रत्यक्ष कार्यकारी राष्ट्रपति निर्वाचन प्रणालीको आवश्यकता नभएको नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बताउनुु भएको छ ।
संविधान संशोधन गर्नुपर्ने आवाज उठिरहेको बेला विराटनगरमा आज नेपाल प्रेस युुनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका पुुर्व उपसभापती समेत रहेका उप–प्रधान मन्त्री सिंहले प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीको आवश्यकता नरहेको बताउनुु भएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल नेपालमा प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीको आवश्यकता रहेको र यही विषयमा केन्द्रित रहेर सरकारले संविधान संशोधन गर्नुपर्ने आवाज उठाइ रहेको बेला उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले दुई पार्टीका अध्यक्षले उठाइ रहेको माग संम्बोधन हुुन नसक्ने बताउनु भयो ।
प्रेस युुनियन मोरङका सचिब गोपाल पोखरेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्ेलनमा कांग्रेसका केन्द्रिय सदस्य भीम पराजुली, महाधिवेशन प्रतिनिधि फुलकुमार लालवानी , मोरङ कांग्रेसका सुुचना–संञ्चार विभाग प्रमुुख विरेन्द्र कुुमार साह, जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साह लगायतको उपस्थीति थियो ।