०५ चैत्र २०८१, बुधबार

पूर्वाञ्चल विश्वविद्यालयमा कलेज अफ लका विद्यार्थीलाई अभिमुखीकरण

Logo
News बुधबार, मंसिर ०५, २०८१

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले बीए एलएलबीका विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको छ । कलेजले हालै एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको हो ।

कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डीन प्राडा पवन कुमार झाले कानुनमा राम्रो भविष्य भएको भन्दै विद्यार्थीेले राम्रो अध्ययन गरेर उत्कृष्ट नतिजा ल्याउन आग्रह गरेका थिए । कार्यपालिका र व्यवस्थापिकाले बाटो बिराए त्यसलाई सही मार्गमा ल्याउने काम न्याय क्षेत्रले गर्ने गरेको दृष्टान्त दिँदै प्राडा झाले कानुनको क्षेत्र र भविष्यका विषयमा प्रष्ट्याउनु भएको थियो । कानुनका विद्यार्थीहरूको पहिलो रोजाइ पूर्वाञ्चल विश्वविद्यालय नै भएको बताउँदै कलेजका डाइरेक्टर महेशप्रसाद निरौलाले कलेजमा वीरगञ्जदेखिका विद्यार्थी अध्ययनका लागि आउने गरेको जानकारी दिए । कानुन व्यवसायी सोसल इन्जिनियर भएको भन्दै उनले डाइरेक्टर निरौलाले समाज परिवर्तनमा कानुनका विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

एलएलएम कार्यक्रमका संयोजक दीपक खतिवडाले बीए एलएलबीको पाठ्यक्रम, त्यसले समेटेको विषय र क्षेत्रका विषयमा विद्यार्थीहरूलाई अभिमुखीकरण गराउनुभएको थियो । बीए एलएलबी कार्यक्रमकी संयोजक नीता प्याकुरेल, उपप्राध्यापक दिपेश बाँस्तोला, प्रशासन प्रमुख राजकुमार बास्तोलासहितले विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यार्थीहरूलाई अभिमुखीकरण गराएका थिए । डीन कार्यालयले छनौट गरी पठाएका १२ जना विद्यार्थी, पूर्ण छात्रवृत्तिका विद्यार्थी, भर्ना भएका एक सय आठ जना गरी बीए एलएलबीमा एक सय २० जना विद्यार्थी भर्ना भएको जानकारी पनि गराइएको थियो । कलेजले यो वर्षदेखि कानुनमा स्नातकोत्तर तहको एलएलएम तहको अध्यापन पनि सुरू गर्ने जनाएको छ । एलएलएम भर्नाका लागि विद्यार्थीहरूका लागि फर्म भर्ने कार्य सुरू भएको जानकारी गराइएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१