विराटनगर \ आसन्न मंसिर १६ गते हुने पचुनामा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका सवै १६ जनाकै उम्मेदवारी सदर भको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुसार कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछी १६ जनाकै मेदवारी सदर भयो ।
मुख्यनिर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । मुख्यनिर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २४ को उपदफा १ बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको हो ।
ग्रामथानको प्रमुख पदमा दलगत १५ र स्वतन्त्र १ जनाले उम्मेदवारी दिएका छन् ।
दलगत रूपमा नेकपा एमाले तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा माओवादी केन्द्र बाट नमोनारायण माझी, लगायतको उम्मेदवारी परेको छ ।२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित हुनु भएको थियो । उहाँको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुदैछ ।