०५ चैत्र २०८१, बुधबार

स्वीट सुपारी उत्पादन गर्ने उद्योगि बोहोराको कारोवार संक्कास्पद

Logo
News बिहिबार, मंसिर ०६, २०८१

बिराटनगर । अहिले बजारमा केही महिनायता देखी उद्योगि एवं ब्यवसायीहरुको एउटै आवाज आर्थिक मन्दि भन्ने सुुनिन थालेका छ । तर त्यही ब्यवसायी र उद्योगिबाटै अहिले सकारको निगरानी समेत कम भएको मौका छोपी बिराटनगरमा एक उद्योगीले ब्यापक राजश्व ठगि गरी रहेको रहस्य खुल्न पुगेको छ ।

बिराटनगरको रेन्बो रोडमा कुनै बेला सिखर ब्राण्डको गुट्का उत्पादन गर्ने उद्योगि भवानी बोहोरा र उनका पार्टनर राजश्व छली प्रकरणमा तानिएपछि उद्योग नै बन्दगरी पार्टनर पलायन भएको घट्ना विराटनगरबासीको ताजै स्मरणमा रहेको छ । तर समय घर्किदै जाँदा दुबै जनालाई राजश्व छलीको मुद्दामा अदालतबाट सफाइ दिएपछि उद्योगि दुगढ अझै पलायन नै भएका छन भने उनका पार्टनर भवानी बोहोराले आफनो ब्यवसायलाई निरन्तरता दिदै अहिले स्विट सुपारी भन्दै मधु स्वीट सुपारी ब्राण्डको उत्पादन गरी रहेको कुरा ब्यवसायीले बताएका छन ।

लामो समय मौन रहेर बसेका भवानी बोहरा पछिल्लो समय मधु स्वीट सुपारी उत्पादन गर्न थालेपछि अहिले उनको कारोवार एक्कासी करोडौको कारोवारमा पुगेको कुरा उनका निकटवर्ती ब्यवसायीले बताएका छन । विशेष गरी बजारमा सुपाडी कारोवारीको हिसाव मिलाउने बिषयमा भवानी बोहोरा अग्रपक्तिमा आउने नाम रहेको जानकारी पनि ती ब्यवसायीले दिएका छन । गत बर्ष उद्योग मन्त्रालयको सिफारीसमा उद्योगि बोहोराले आफनै उद्योगको नामबाट आयात गरेको करिव ५ सय टन सुुपारीको कोटा मध्यै केही कोटा बिक्री गरी हिसाव मिलान गरेको रहस्य एक अर्का उद्योगिले अहिले आएर खोलेका छन ।

उक्त कोटाको सुुपारी मिलान गर्न पनि उद्योगि भवानी बोहोराले गत असार मसान्तको मौक्का छोपी आफुुले मधु स्वीट सुपारी बिक्री बितरण तथा उत्पादन गर्दै आएका बताएर हिसाव मिलान गरेको दावी पनि ती उद्योगीले गरेका छन । तर उद्योगि बोहोराले कमसल गुणस्तरको सुपारी अर्का सुुपारीका ब्यवसायी दिनेश राठीबाट खरिद गरी चार गुणासम्म मुनाफा लिएर उद्योगका नाममा आयात भएको राम्रो सुुपारी दोब्बर मुुल्यमा सुुपारी कारोवारीलाई नै बिक्री गरी उद्योगि बोहोराले आफनो कोटा सुुपारीको हिसाव मिलाएको रहस्य समाचारस्रोतहरुले खोलेका छन । जसले गर्दा उद्योगि बोहोरा बिवादमा तानिएको कुरा जानकार ब्यवसायीले बताएका छन ।

पछिल्लो समय अर्थतन्त्र नै धरासायी भयो भनी अनुनयविनय गर्ने उद्योगि बोहोराले दिन दुना र रात चौगुनाका रुपमा कमाउने अभियान नै चलाएको कुरा स्रोतहरुले बताउन थालेका छन । कमाइबाट हौसीएका ब्यवसायी बोहोराले गत असार मसान्तमा आफनो कमाइलाई ढाकछोप गरी न्युुन राजश्व बुुझाएर गत वर्षको पुुष मसान्तमा आराकाबटा उन्मुुक्ति पाएका उद्यो िबोहोराले कारोवार गरेर पनि करोडौ कमाउन सफल भएको कुरा कारोवारीले नै अहिले मात्रै आएर बताउन थालेका छन । जसको कारण ब्यापारिक घरानाका ब्यक्तिबाट समेत सरकारलाई बुझाउने राजश्वमा अपेक्षकृत राजश्व संकलन हुन नसकेपछि ब्यवसायीबाट करोडौको ठगि गरिरहेको दावी समेत स्रोतहरुले गरेका छन ।
अहिले चलेको आर्थिक मन्दिका बापजुद पनि सामान्य दैनिक जिवन यापन गर्ने देखि माथिल्लो दर्जाका ब्यक्तिहरु समेतले सेवन गर्ने मधु स्वीट सुपारीका सँचालकको कारोबार दिनदुना र रात चौगुना भएर बड्न पुगेको छ ।

अहिले सोहि कारोबारबाट करोडौ कमाउन सफल बोहोराले दैनिक बिक्रीहुने स्वीट सुपारीको कारोवारबाट ब्यापक रुपमा सरकारलाई भ्याट र अन्त शुल्कमा ठगि गर्ने गरेको रहस्य पनि ब्यवसायीस्रोतले नै खुलेको छ । राजश्व अनुुसन्धान कार्यालय सुुनसरीले पनि चालु आर्थिक वर्षको यो पुुष मसान्तमा समेत अपेक्षा गरे अनुसारको राजश्व आउन नसके उद्योगि बोहोराले सँचालन गरेको मधु स्वीट सुपारीलाई उच्च निगरानीमा राखेर आवश्यक अनुसन्धान अगाडी बढाउने तयारीका लागि राजश्व अनुुसन्धान विभागसँग ब्यापक रुपले छलफल सुुरु गरेको कुरा उच्चस्रोतले बताएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१