

विराटनगर\नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रमाथि चारैतिरबाट आक्रमण भएकाले ग्रामथानमा कांग्रेसलाइ हार्ने छुट नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस ग्रामथान गाउँपालिका चुनाव प्रचार प्रसार समितिले शनिबार तेतरीयामा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाइ जित्नै पर्ने बाध्यता भएको बताउनुभएको हो ।
उहाँले ग्रामथानमा नेपालीकांग्रेसले आफ्नो शाख जोगाउने बताउदै कांग्रेसका उमेदवारले चुनाव जित्ने बिस्वास व्यक्तगर्नुभयो ।
उहाँले ग्रामथानमा कांग्रेसले हार्न नहुने बताउदै कांग्रेस प्रति धोका धडि गर्ने जोकोहिलाइ पनि पार्टीले कारर्वाही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, चुनावमा कांग्रेसलाइ जस्ले घात गर्छ त्यसलाइ कडा कारवाही हुन्छ, ।नेपाली कांग्रेस ग्रामथान गाउँपालिका चुनाव प्रचार प्रसार समितिले शनिबार ग्रामथान गाउँपालिका ३ सिद्राहामा घरदैलो कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस मोरंग सभापती तथा पुर्वमन्त्री डिगबहादुर लिम्बु, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, नेपाली कँंग्रेस ,मोरंगका सचिब ललीत बहादुर श्रेष्ठ , नेपाली कांग्रेसका नेता दिलीप गच्छदार , गुरुराज घिमिरे, लगायतका नेताहरु ग्रामथान कांग्रेसलाइ जिताउन मौर्चाबन्दी गरेर चुनावि अभियानमालाग्नुभएको छ ।
ग्रामथानको , सिद्राहा, मोतीपुर, गिधनीया लगायतका स्थानहरुमा नेपाली कांग्रेसका उमेदवार बलराम सरदार (थारु) सहितको टोलिले मतमागेर घरदैलो कायक्रम सम्पन्न गरेका छन ।
घर दैलो कार्यक्रममा युवाहरुले कांग्रसका उमेदवार बलराम सरदार (थारु)लाइ नै मत दिएर जिताउने उद्घोष गरेका छन । स्थानीयले सिद्राहामा एक सय जनाको समुह बनाएर मत चोरी हुन सक्ने भन्दै निगरानी समुह बनाएका छन । उनिहरुले कांग्रेसका मत सुरक्षीत गर्नलाइ सो समुह निर्माण गरेका हुन । त्याहा मात्र होइन युवाहरुले सबै वडामा एक सय जनाको निर्वाचन निगरानी बनाएर बलराम सरदार थारुलाइ जिताउन लागि परेको देखिएको छ ।