०५ चैत्र २०८१, बुधबार

उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छ  : मुख्यमन्त्री कार्की

Logo
News सोमबार, मंसिर १०, २०८१
मोरङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि गर्न तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।
‘नेपाल फार्मस एड्भाइजरी काउन्सिल प्रालि’ सिनामङ्गल काठमाडौँद्वारा  सोमबार  विराटनगरमा आयोजित उखुखेती प्रवद्र्धनका लागि किसानको सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उखु उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी तीन महिनाभित्र कृषक, उखु मिल र सरकारबीच त्रिपक्षीय छलफलसहित निष्कर्ष निकाली सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादनमा वृद्धिका लागि  कृषकले सिँचाइमा प्रयोग गर्ने विद्युत् र मलखादमा आवश्यक अनुदान दिने जानकारी दिनुभयो । उहाँले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चापदार्थ उत्पादन गर्न किसानलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापन भई विदेशी मुद्रा बचत हुने उल्लेख गरे ।
तराईमा छिटो उत्पादन भई प्रतिफल दिने उखु, धान, सनपाट र मकैको उत्पादन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री कार्कीले जानकारी दिए।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषकले आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्न पाएमा मात्र उत्पादन वृद्धि हुने बताए।
प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदेशमा छ हजार हेक्टरमा उखुखेती हुनाका साथै वार्षिक तीन लाख ५० हजार मेट्रिक टन उखु उत्पादन हुने जानकारी दिए।
मोरङका प्रम्ख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कृषकलाई सिँचाइ, प्राविधिक ज्ञान, कृषि उत्पादनको उचित मूल्य निर्धारणमा गर्नुपर्ने सुझाव दिए । प्रदेश योजना आयोगका सदस्य सीताराम बस्नेतले उखु नगदे बाली भए पनि किसानले समयमा भुक्तानी नपाएर समस्या हुने गरेको बताए ।
‘दी नेपाल डिस्ट्रिलरिज प्रालि’ काठमाडौँका प्रमुख अधिकृत जनकराज रेग्मी र पूर्वसचिव डा योगेन्द्रकुमार कार्कीले स्वदेशी पुँजी विदेश जान नियन्त्रण गर्न, वैज्ञानिक खेती, उखु उत्पादनलाई आधुनिकीकरण गर्न, प्रविधिको प्रयोग, ज्ञान, मल, सिँचाइलगायत विषयमा किसानलई अभिमुखीकरण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए ।
एकदिने अभिमुखीकरण कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक जगत्बन्धु अर्यालयले खुट्टी बालीको महत्व तथा उन्नत व्यवस्थापन र मलखाद, डा दिलराज यादवले उखुका उत्कृष्ट जातहरु तथा उन्नत उत्पादन प्रविधि, उखु बालीको प्रमुख रोग र कीराहरु तथा तिनको व्यवस्थापन र पूर्वसचिव डा कार्कीले नेपालमा उखु खेतीको महत्व र सम्भावना विषयमा किसानलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा मोरङ, झापा र सुनसरीका गरी ४० किसानको सहभागिता रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१