विराटनगर :मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदानमा ७१.३३ प्रतिशत मत खसेको छ ।
ग्रामथानमा २६ हजार ४४ मतदाता छन । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा भएको मतदानमा ७१.३३ प्रतिशत अर्थात १८ हजार ५ सय ७७ मत खसेको छ ।
आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएपछि मतपेटीका संकलनको काम सुरु भएको जानकारी दिँदै सहायक निर्वाचन अधिकृत रामरा पौडेलले आजै रातिबाट मतदान सुरु हुने जानकारी दिनुभयो । ग्रामथानमा आज खसेको मत वडागत आधारमा यसप्रकार छ ।