विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधान संशोधन गर्ने गरी गठन भएको सरकारले त्यसतर्फ पहलकदमी नलिएको बताउनुभएको छ ।
नेपाली कांग्रेस विराटनगरको आयोजनामा आज भएको सभापतिहरूको सम्मेलनलाइ संम्बोधन गर्दै नेता कोइरालाले सरकार बनेको चार महिना लाग्दा समेत सत्ता पक्ष र अन्य दलसँग पनि छलफल हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘त्यसको लागि कल्लो के रोकेको छ र, किन भइराखेको छैन,’ । १५ औं महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण आफूले गर्ने जिम्मेवारी लिने बताउनुभयो ।
नेता कोइरालाले २०८३ को मंसिरसम्म १५ औं महाधिवेशन हुने सम्भावना नदेखेको बताउनुभयो। उहाँले अधिवेशनमा समयमा हुनुपर्छ भनी गाउँ गाउँमा भन्नु जरुरी र दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ‘क्रियाशील सदस्यताको अहिले जुन भइरहेको छ । यो तरिकाले अधिवेशन समय हुने सम्भावना छैन,’ उहाँको भनाइ थियो ।
उहाँले अर्काे प्रशंगमा पार्टीका कार्यकर्ताहरुको संरक्षण गर्ने डा. शेखरले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेता कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाइ कसैले केहि गर्न नसक्ने बताउदै त्यसको संरक्षण आफुले गर्ने बताउनुभयो ।
२२ मंसिरमा कोशीको प्रदेश सम्मेलन अघि पार्टीको औपचारिक कार्यक्रम नभएको पत्र कोशीका पालिका सभापतिलाई केन्द्रले हिजो सूचना जारी गरेको संस्थापनले बिबाद निकालेको थियो । तर राखेको कार्यक्रममा पार्टीमा विवाद उत्पन्न भएको विषयमा सो सम्मेलनमा सहभागि हुने नेता तथा कार्यक्तामाथि कसैले केहि गर्न नसक्ने बताउदै त्यसको संरक्षण आफुले गर्ने नेता कोइरालाको भनाइ थियो । भेलामा डा.शेखरले भने,‘कुनै किसिमको डर, धाक, धम्कीबाट उहाँहरु आत्तिनुभएन । तपाईंहरू निस्फिक्रि भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु ।’
कोशीका १३७ पालिकाबाट ११३ पालिका सभापति भेलामा सहभागी भएको बताइएको छ । पालिका र महानगरका सभापतिका लागि विधान अधिकार खुम्चिएको र उनीहरूको माग सम्बोधन गर्न आफु तयार रहेको कोइरालाले बताउनुभयो ।
महानगरपालिका सभापतिहरूलाई माग आफूलाई ज्ञान भएको बताउदै कोइरालाले भने‘उहाँहरूले मागेको भन्दा पनि केही कुुरा दिन सकिन्छ भने दिऔं भनेको छु ।