![Logo](https://www.newsfireside.com/wp-content/uploads/2024/05/newssidefire.jpeg)
![](https://www.newsfireside.com/wp-content/uploads/2024/05/Hikman_kumar_karki_F31AOb1KY9-1.jpg)
काठमाण्डौ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । यसअघि हिजै प्रदेश प्रमुखले ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
कार्कीलाई आफ्ना ३९ र माओवादी केन्द्रका १३ सांसदको साथ छ । शपथलगत्तै कार्कीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेबाट रामबहादुर रानामगर तथा माओवादीवाट गणेश उप्रेती बिनाविभागीय मन्त्री बन्नुभएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत पुग्नुभएको छ ।