विराटनगर ।नेपालको प्रिमियम ब्रान्ड टुपीएम स्न्याक्स् एन्ड नुडल्स्ले ‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’ पुरस्कार प्राप्त गरेको छ । भारतको मुम्बईमा आयोजित एक समारोहमा रिलायन्स रिटेलले कम्पनीलाई सो पुरस्कार प्रदान गरेको हो । कम्पनीको अनुसार उक्त पुरस्कार यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्रान्डहरूको सम्मानमा प्रदान गरिएको हो ।
टुपीएम ब्रान्डको प्रतिनिधित्व गर्दै वेदान्त जाजुले पुरस्कार ग्रहण गरेका थिए । टुपीएमले लन्च भएदेखि नै देखाएको तीव्र वृद्धिको लागि यो सम्मान पाएको जनाएको छ ।आफ्ना विभिन्न स्वादिष्ट नुडल्स् तथा स्न्याक्स्का उत्पादनहरूको कारण टुपीएम चाँडै नै भारतीय उपभोक्ताहरूको मनपर्ने ब्रान्ड बन्न सफल भएको जनाइएको छ । टुपीएम स्न्याक्स् एन्ड नुडल्स् भारतभरका सबै आधुनिक व्यापार, इ–कमर्स र छिटो बिक्री वितरण हुने प्लेटफर्महरूमा उपलब्ध छन् ।