०५ चैत्र २०८१, बुधबार

विराटनगरका दुई युवा उद्यमीहरु कोरीयाको लगानी सेमिनारमा

Logo
News सोमबार, पुष ०१, २०८१

कोरिया । कोरिया स्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सेमिनारमा विराटनगरका दुई युवा उद्यमीहरुले भाग लिएका छन् । आइतबार भएको लगानी सेमिनारमा भाग लिन विराटनगरका दुई युवा उद्यमीहरु कोरीयाको राजधानी सोल र बुसानमा पुगेका थिए। कोरिया स्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा उद्यमीहरु प्रतिक राउत र प्रत्युश राउत कोरिया गएका हुन् ।

नेपालमा लगानी र व्यापारका अवसरहरु शीर्षकको सेमिनारमा कोरियामा कार्यक्रम भएको थियो । नेपाली दूतावासको आयोजनामा सोलमा हिजो सो कार्यक्रम भएको थियो भने भोलि बुसानमा सेमिनार हुँदै छ ।

सेमिनारमा भाग लिन उद्योग वाणिज्यमन्त्री दामोदर भण्डारीसहितको टोलीमा उनीहरु पनि समाबेश भएका थिए । कार्यक्रमले नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्ने विश्वास लिइएको छ । यही क्रममा नेपाल र कोरियाका व्यवसायी प्रतिनिधिहरूबीच व्यापार व्यवसाय (बिटूबी) बैठकहरूसमेत हुने बुझिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१