०७ पुष २०८१, आइतबार

लाभका क्षेत्रहरूको पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

Logo
news बुधबार, पुष ०३, २०८१

विराटनगर ः विराटनगर महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघकोशीको आयोजना तथा जिआइजेडको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिकाको प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
महानगर प्रमुख नागेश कोइरालाज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यशाला गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विराटनगरलाई यहाँको भौगोलिक अवस्थिति र प्रमुख व्यापारिक राजमार्ग रानी– किमाथाङका, एसियन –हाइवे जस्ता कनेक्टिभिटीले भारत, चीन लगायत अन्य मुलुकको सहज पहुँचका कारण सीमापार व्यापारको प्रवेशद्वारको रूपमा स्थापित गरेको बताउँदै यहाँ स्थापित उद्योग प्रतिष्ठानहरूले देशका विभिन्न भागबाट आएका अवसरको खोजीमा रहेका कैयौँ युवा युवतीहरू लाई रोजगारीको प्रदान गरेको बताउनु भयो ।


अझ प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने हो भने नेपालको आर्थिक विकासमा टेवा पुग्ने वहाँले बताउनु भयो । कार्यशाला गोष्ठीलाई दीप्ति खकुरेलले सहजीकरण गर्नुभएको थियो गोष्ठीमा महानगरपालिकाका उत्साहजनक आर्थिक क्षेत्रहरू व्यापार, उद्योग, कृषि तथा पशुपंक्षी, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विश्लेषण गरि समूहगत रुपमा प्रस्तुति गरिएको थियो।
कार्यशाला गोष्ठीमा बिराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले उद्योग व्यवसाय प्रवर्धनको लागि महानगरपालिका सदैव उद्योग,व्यवसायीहरूको साथमा रहेको बताउँदै नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै कुनै पनि व्यापार व्यवसायलाई बढाउन कनेक्टिभिटीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले विराटनगरको रणनीतिक अवस्थितिले गर्दा पनि आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचानले महानगरपालिकाको आर्थिक विकासमा अझ सहयोग पुग्ने विश्वास गर्नुभयो।


जीआईजेडका उपप्रमुख प्राविधिक सल्लाहकार÷कम्पोनेन्ट प्रबन्ध रोशन श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। गोष्ठीमा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले पहिचान गरिएका क्षेत्रहरूमा महानगरको तर्फबाट धारणा राख्नुभएको थियो। कार्यशाला गोष्ठीमा महानगरपालिकाका वडा अध्यक्षहरू, विभिन्न उद्योग संगठनका प्रतिनिधिहरू,निजी, सहकारी, गैर सरकारी संस्था,पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरू गरी करिब ५० जनाको सहभागिता रहेको थियो।

 

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१