मोरङ उद्योग व्यापार संघले भारतको मेदान्त सुपर स्पेसलिटी हस्पीटलको सहकार्यमा संघमा सी.पी.आर. र क्यान्सर रोगका विषयमा स्वास्थ्य सचेतना गोष्ठी (Health Awareness Seminar) आयोजना गरेको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित उक्त एक दिने गोष्ठीमा जय प्रभा मेदान्त सुपर स्पेसलिटी हस्पीटलका प्रतिष्ठित डा. अजय कुमार सिन्हा र डा. सन्दीप कुमारले कार्डियोपल्मोनरी रिजसीटेशन (सी.पी.आर.) र क्यान्सर रोगका विषयहरुमा सहभागीहरुलाई प्रत्यक्ष प्रशिक्षण एवं जनचेतनामुलक जानकारीहरु उपलब्ध गराई प्रमाण–पत्र वितरण गरिएको थियो ।
संघका कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरु, पूर्व अध्यक्षहरु, मेदान्त अस्पतालका व्यवस्थापनका प्रतिनिधिहरु सहित विभिन्न संघ–संस्था, वस्तुगत संघ, प्रहरी प्रशासन, उद्योग/व्यवसाय प्रतिष्ठान, विद्यालय लगायतका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतको बाक्लो उपस्थितिमा संचालित उक्त गोष्ठीमा मोरङ उद्योग व्यापार संघ र मेदान्त अस्पताल बीच उपचार सेवाहरुमा छुट सम्बन्धी सम्झौता समेत गरिएको थियो भने गोष्ठीको अन्त्यमा संघका स्वास्थ्य व्यवस्थापन समितिका संयोजक डा. दिपेन्द्र नौलखाले उपस्थित सबैलाई संघको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।