विराटनगर , मोरंगको ग्रामथान गाउँ पालिका वडा नम्बर २ मा रहेको सहकारी संस्था लिमीटेडले आफ्नो ३७ औं साधारणसभा सम्पन्न गरेको छ ।राष्ट्रिय सहकारी माहासंघका केन्द्रीय उपाध्यक्ष रमेश पोखरेलले ३७ साधारण सभाको प्रमुख अतिथी ग्राहणा गर्दै पानसमा बत्ती बालेर सुभारम्भ गरेका थिए ।
सहकारी संस्था का सदस्य गोपाल न्यौपानेले सहकारी सेयर सदस्यलाई सुवागत गरेका थिए भने लेखा समिति का सभापति चन्दन चौधरीले संस्था को लेखापरीक्षण प्रतिवेदन साधारणसभा मा प्रस्तुत गरेका थिए ।सहकारी संस्था का संचालक समिति का अध्यक्ष विजय कुमार माझीले संस्था बाट यही मंसिर मसान्तसम्ममा २३ करोड मा भएको आर्थिक कारोवार का सम्बन्ध जानकारी गराउदै संस्था का विविध पक्षका सम्बन्ध शेयर सदस्यहरूलाई जानकारी गराएका थिए।
त्यसैगरी प्रभात सहकारी संस्था काअधयक्ष प्रयाग न्यौपानेले सहकारी संस्थाले ६२ लाख मुनाफा आर्जन गर्न सफल भएकोमा संस्थालाई बधाई दिदै शुभकामना दिएका थिए । साधारणसभा को सँचालन सहकारी संस्था झोराहाटको प्रबन्धक आशा कुमारी माझीले गरेकी थिइन ।