०५ चैत्र २०८१, बुधबार

महिला मञ्च र रामलाल गोल्छा आँखा अस्पतालको संयुक्त आँखा शिविर सम्पन्न

Logo
News आइतबार, पुष १४, २०८१

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र रामलाल गोल्छा आँखा अस्पतालले शनिबार संयुक्त रूपमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छन् ।मञ्च र अस्पतालले विराटनगर महानगरपालिका वडा नम्बर ६ स्थित सयपत्री आधारभूत विद्यालयमा शिविर सञ्चालन गरेका हुन् ।
शिविरमा ३१६ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ७६ जनाको मोतियाविन्दु भएको पत्ता लागेको छ ।

मञ्चकी अध्यक्ष ललिता जाजूले मोतियाविन्दु भएका बिरामीलाई गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिदिने बताइन् ।शिविरको उदघाटन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले सरकारले गर्नुपर्ने कार्य माहेश्वरी महिला मञ्चले गरेको धारणा व्यक्त गरे ।

मन्त्री राईले मञ्चले यस्तै कार्यक्रम सञ्चालनमा ल्याइरहे मन्त्रालयका तर्फबाट सक्तो सहयोग उपलब्ध गराउने आश्वासन दिए ।माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले समाजसेवाका क्षेत्रमा महिला मञ्चले विराटनगरमा अग्रणी स्थान बनाएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा समाजका सल्लाहकार चम्पालाल राठी, नेपाल माहेश्वरी परिषदका केन्द्रीय उपाध्यक्ष आनन्द जाजू, गोल्छा आँखा अस्पतालका प्रबन्धक नवीनचन्द्र सिंह राजवंशी, अखिल भारतीय माहेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा शारडा र वडा नम्बर ६ का वडाध्यक्ष अक्षय सहनीले आआफ्नो मन्तव्य व्यक्त गरे ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१