०५ चैत्र २०८१, बुधबार

विराटनगरका वरिष्ठ छन्द कवि हरि कट्टेलको नवौँ कृति ‘दीप्तदृष्टि’ कवितासङ्ग्रहको विमोचन सम्पन्न

Logo
News सोमबार, पुष १५, २०८१

विराटनगर । विराटनगरका वरिष्ठ छन्द कवि हरि कट्टेलको नवौँ कृति ‘दीप्तदृष्टि’ कवितासङ्ग्रहको विमोचन गरिएको छ । स्रष्टा समाज नेपाल, कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा सो कवितासङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, वरिष्ठ समालोचक प्रा.डा. हरिहर भण्डारी, अग्रज साहित्यकार बलराम पोखरेल, समालोचक प्रा.डा. रमेश घिमिरे, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई, प्राज्ञ खेम नेपाली, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ’मार्सेली’ लगायतले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि समालोचक प्रा.डा. रमेश घिमिरेले समीक्षा गरेका थिए । उनले कवितासङ्ग्रहका कविताहरूमा राष्ट्रप्रेम, जीवनदर्शन, शासकीय अहङ्कार, मानवीय चरित्र आदि विषयवस्तुहरूलाई विम्व र प्रतीकको यथोचित उपस्थानसहित कलात्मक ढङ्गले प्रस्तुत गरिएकोले यो कवितासङ्ग्रह नेपाली काव्याकाशमा मानकोन्मुख कृतिको रूपमा दर्ज हुन सफल देखिएको उल्लेख गर्नु भयो । त्यस्तै छन्द र रसको उचित प्रयोग भएका यस कृतिका कविताहरूले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू पूर्णतः विश्वस्त रहेको बताउनु भयो ।

विशिष्ट अतिथी वरिष्ठ समालोचक प्रा.डा. हरिहर भण्डारीले पछिल्लो समयमा नेपालको राष्ट्रियता कमजोर बनाउने गरी विभिन्न गतिविधीहरू बढिरहेको तर सरोकारवाला तथा सम्बद्ध पक्षले यसको विरुद्धमा आवाज बुलन्द गर्न नसकिरहेको दुखपूर्ण घडीमा कविले कवितामार्फत सशक्त खवरदारी गर्नुभएको कुरा उल्लेख गर्दै कलमी यात्रा निरन्तरताको कामना गर्नुभयो भने प्रमुख अतिथी कोशी प्रदेश प्रमुख परशुराम खापुङले सङ्ग्रहभित्रका कविताहरूले देशको विकास र सामाजिक रूपान्तरणको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । सो अवसरमा छन्द बाटिका, नेपालका सचिव चिरञ्जिवी नेपाल, वाल कवि प्रज्ञा कट्टेल लगायतले साङ्गितीक ढङ्गबाट विमोचन भएको संग्रहभित्रका कविता वाचन गरेका थिए । नेपाल स्रष्टा समाज, काठमाडौंले प्रकाशित गरेको सङ्ग्रहमा १६ वटा शास्त्रीय छन्दका ५७ वटा कविताहरू रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१