२४ पुष २०८१, बुधबार

बजारमा सिमेन्टको कार्टेलिङ प्रतिबोरा दुुई सय रुपैयाँसम्म मूल्यवद्धि

Logo
news आइतबार, पुष २१, २०८१

विराटनगर । विराटनगरमा सिमेन्टको व्यापार गर्दै आएका व्यापारीहरूले पछिल्लो समय एक्कासि मूल्यवृद्धि गरी आफैँ कालोबजारीमा समेत संलग्न हुुन थालेका छन् । यसै हप्ता मात्र सिमेन्टका व्यापारीले सिमेन्टमा प्रतिबोरा दुई सय ४० रुपैयाँसम्म मूल्यवृद्धि गरेको पाइएको हो ।

यहाँका व्यापारीहरूले सिमन्टको माग बढ्ने समय पारेर कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेका हुन् । आफूलाई विराटनगरको प्रतिष्ठित व्यापारी भन्न रुचाउने व्यापारीहरू नै सिमेन्टको कार्टेलिङमा सक्रिय रहेका छन् । पछिल्लो समय बजारमा नेपालको उत्पादन त्रिशक्ति सिमेन्ट, होङसी सिमेन्ट र सूर्या सिमेन्टका आधिकारिक बिक्रेता नै कम्पनीले मूल्यवृद्धि गरेको भन्दै दैनिक २५ देखि ५० रुपैयाँका दरमा मूल्यवृद्धि गर्न थालेको उपभोक्ताले बताएका छन । त्यसैगरी सालिमार सिमेन्टमा पनि एक्कासी मूल्यवृद्धि भएको छ । हरेक बहाना बनाएर व्यापारीहरूले एक महिनाको अन्तरालमा प्रतिबोरा दुई सय ४० रुपैयाँले मूल्यवृद्धि गरेको सिमेन्ट व्यापारीले बताएका छन् ।

एक हप्ताअगाडिसम्म प्रतिबोरा छ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको सिमेन्ट अहिले आठ सय ४० रुपैयाँमा बिक्री हुन थालेपछि कालोबजारीको रहस्य खुल्न पुगेको हो । स्रोतका अनुुसार सिमेन्टको कारोबारमा संलग्न रहेका हार्डवेयरका व्यापारी अहिले बजारमा मूल्यवृद्धि गर्ने सवालमा अग्रपक्तिमा छन । साथै उनीहरूले विनाभ्याटबिलमा सामानको बिक्रीवितरण गर्नेगरेको स्रोतको दाबी छ । सोही कारण सरकारले व्यावसायिक प्रतिष्ठानबाट अपेक्षाकृत राजस्व समेत सङ्कलन गर्न सकिरहेको छैन । पूर्वी क्षेत्रमा सिमेन्टको व्यापारमा एकाधिकार जमाउँदै आएको मारुती सिमेन्टका व्यापारीले झन् प्रतिबोरा दुई सय ७० रुपैयाँसम्मको फरक मूल्यमा अहिले सिमेन्टको व्यापार गरिरहेको स्रोतको दाबी छ ।

कालोबजारी गर्न पल्किएका व्यापारीले विगतमा आफैँ कम मूल्यमा बेचेको सिमेन्टलाई हाल निर्माणकार्य सुरु भएपछि इन्धन अभाव र ढुवानीमा भाडाको वृद्विलाई बहाना बनाएर कालोबजारी गरेको व्यापारीहरू नै बताउँछन् । तर, व्यापारीलाई आवश्यक पर्ने इन्धन नेपाल आयल निगमले सहजरुपले उपलब्ध गराएको नेपाल आयल निगमका कर्मचारीले बताएका छन् । यसका बाबजुद पनि निर्माणकार्य सुरु हुनासाथ हरेक बहानामा सिमेन्ट व्यापारीले भाउ वृद्वि गरी कालोबजारी गर्न थालेपछि सिमेन्टमा व्यापारीदेखि उद्योगी समेतको मिलेमतोमा कार्टेलिङ हुुन थालेको दाबी समेत गर्न थालिएको छ ।

सिमेन्टका एक उद्योगपतिले दिएको जानकारीअनुसार अहिले कुनै पनि सिमेन्ट उत्पादन गर्ने उद्योगले सिमेन्टको मूल्यवृद्वि गरेको छैन । तर, यहाँका व्यापारीले उद्योगको नामबाट अनेक बहाना बनाएर बजारमा मूल्यवृद्वि गर्नेगरेका छन् । बजारको अनुगमन गर्ने ठेक्का पाएको वाणिज्य कार्यालय पनि कालोबजारीको चङ्गुलमा परेर संलग्न व्यापारीलाई कारबाही गर्न नसकेको ती उद्योगीले बताए । उद्योगले सिमेन्टको मूल्यवृद्वि नगरेको दाबी गर्ने ती उद्योगी स्वयम्ले भने उद्योगको मुनाफा भन्दै करोडौं रुपैयाँ बोनस वितरण गरेको पनि स्रोतको दाबी छ । सिमेन्टमा उद्योगीदेखि सिमेन्ट व्यापारी समेतको संलग्नतामा कालोबजारी गरेर कमाएको पैसालाई बोनसका रुपमा उनीहरूले वितरण गर्नेगरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१