विराटनगर । मोरङ जिल्लामा नयाँ सिडियोको रुपमा इन्द्रदेव यादवको आगमन भएको छ । गृह मन्त्रालयले सोमबार यादवलाई मोरङको सिडियोमा पोस्टिङ गरेको थियो ।
यादवले यहि पुस २४ गते बुधवारदेखि मोरङ सिडियोको जिम्मेवारी सम्हाल्ने छन् । गृह मन्त्रालयका सहसचिव रहेका यादव यस अघि मन्त्रालयमै कार्यरत रहेका थिए ।
यादवले सुनसरी, महोत्तरी, इलाम र चितवनको सिडियोको रुपमा काम गरेर मन्त्रालयमा कार्यरत थिए । पुखौली घर सिरहा भएका यादव पछिल्लो समय विराटनगर महानगरपालिकाको वडा नं. ४ मा घर बनाएर बसोबास गरिरहेका छन् ।
यसअघिका मोरङका सिडियो प्रेमप्रसाद भट्टराईलाई गृहमन्त्रालयले मन्त्रालयमा फिर्ता बोलाएको छ ।