२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्दै

Logo
News बिहिबार, पुष २५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी बैसाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो ।आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाहरूको सोकेसिङ, कानुनको संसोधन र खरिद प्रकृया मार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको हो । उहाँले कतिपय कानुन र नीति संसोधनका लागि केन्दीय सरकारकोसमेत सहयोग चाहीने भएकाले सम्मेलन सार्नुपरेको बताउनुभयो ।

कोशी प्रदेश सरकारले करिब १ खर्बको लागानी भित्र्याउने गरि लगानी सम्मेलनको तयारी गरिरहेको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेट मार्फत् लगानी सम्मेलन गर्ने गरि तयारी गरेर सरकारले काम गरिरहेको छ । लगानी सम्मेलनका लागि विभिन्न समितीहरू र सचिवालय गठन भइसकेको छ ।

अबको समय पर्याप्त भएको र तयारीको चरण पनि केही हद सम्म पुरा भइसकेकाले लगानी सम्मेलन भव्य रूपमा सम्पन्न हुने मन्त्री भण्डारीले बताउनुभयो । उहाँले प्रदेशसभाको अधिवेशन माघको पहिलो साता गर्ने गरी छलफल अघि बढेको, अघिल्लो मन्त्रिपरिषद्को बैठक र आजको मन्त्रिपरिषद्को निर्णय बमोजिम आगामी सोमबार भित्र प्रदेशसभामा छ वटा विधेयक पुग्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१