२६ पुष २०८१, शुक्रबार

लेखा समितिका सभापति ऋषिकेशका पूर्व स्वकीय सचिवलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

Logo
news बिहिबार, पुष २५, २०८१

जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिवलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश पारशमणि पोखरेलको इजलासले पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई पाँच दिन म्याद थप गरेको हो । ठगी आरोप लागेका पोखरेललाई आज बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । घुस प्रकरण बाहिर आएपछि अनिललाई लेखा समिति सभापति पोखरेलले हटाएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१