

विराटनगर । उद्योग संगठन मोरङले विराट एक्स्पो २०२५ को प्रचार प्रसार गर्न बिहिबार कार ¥याली निकालेको छ । संगठनले बिहीबार विराट एक्स्पोको स्थलबाट निकालेको कार र्याली विराटनगर, दहवी, इटहरी हुँदै धरानसम्म पुगेर पुनः विराटनगर फर्केर समापन भएको थियो ।
बिहीबार दिउँसो १ बजे विराटनगरबाट निस्केको कार र्यालीको टोली दिनभर मोरङ र सुनसरीको विभिन्न स्थानमा पुगेर विराट एक्स्पोको प्रचार–प्रसार गरेका थिए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उपाध्यक्ष एवं एक्स्पो संयोजक भोलेश्वर दुलाल र कोषाध्यक्ष सुबोध कोइरालाले कार र्यालीको शुभारम्भ गरेका थिए ।
कार र्यालीमा ५० भन्दा बढी उद्योगी एवं व्यापारिक प्रतिष्ठानको कारका चालकले सहभागी जनाएका थिए । उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पोको आयोजना गर्न लागेको छ ।