

कोशी प्रदेश सरकारको मुख्य डोमेनमा रहेका २१ भन्दा बढी सबडोमेन वेबसाइटहरू ह्याकरको कब्जामा पुगेका छन् ।आफूलाई वाईएनआर (yNR) भनेर चिनाउने ह्याकर समूहले कोशी प्रदेशको मुख्य डोमेन अन्तर्गत रहेका अधिकांश वेबसाइट कब्जामा लिएको हो ।ह्याकरले १३ फेब्रुअरीमा जोन-एच (Zone-H) पोर्टलमा पोस्ट राख्दै आफूले कोशी प्रदेश अन्तर्गतका विभिन्न सबडोमेन कब्जामा लिएको दाबी गरेको छ । उक्त पोस्टमा २१ ओटा सबडोमेन वेबसाइटहरू रहेको देखिन्छ । अधिकांश वेबसाइटहरू जिल्ला वन कार्यालयसँग सम्बन्धित छन् । साइबर सुरक्षा अनुसन्धानकर्ता एवं विश्लेषक रिवस न्यौपानेका अनुसार ह्याकरले मास डिफेन्समेन्ट गरेर वेबसाइट कब्जामा लिएको हो । गत डिसेम्बरमा पनि यस समूहले नेपालका विभिन्न सरकारी वेबसाइट ह्याक गरी आफ्नो कब्जामा लिएको दाबी गरेको थियो । पछिल्लो समय नेपालमा सरकारी वेब पोर्टलहरू ह्याकरको निशानामा परेका छन् ।