३० फाल्गुण २०८१, शुक्रबार

वडा अध्यक्ष कार्कीको अगुवाइमा वाटर डिस्पेन्स मेशिन बितरण

हजार बढी विद्यार्थी लाभान्वीत हुने
Logo
news मंगलबार, फाल्गुण ०६, २०८१

विराटनगर, प्राइम बैक लिमिटेड सोमबारे शाखाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त आधादर्जन वाटर डिस्पेन्स मेशिन बितरण गरेको छ । मोरंको रतुवामाइ नगरपालिका वडा न. १० का वडा अध्यक्ष तथा सो कार्यक्रमका प्रमुख अतीथि भुलबहादुर कार्की,(आशिस)को बाहुलीबाट सो वडाका ६ वटा सामुदायिक विद्यालयलाइ वाटर डिस्पेन्स मेशिन हस्तान्त्रण गरिएको थियो । स्थानीय महेन्द्र मा.वी,हिमालय आधारभुत विद्यालय,सरस्वती मा.वी.पाथीभारा आधाभुत विद्यालय लगायतका विद्यालयलाइ वाटर डिस्पेन्स मेशिन प्रदान गरिएको थियो ।


सो कार्यक्रममा प्राइम कर्मसीयल बैक लि.कोशि प्रदेश क्लस्टर १ का प्रमुख ऋषीराम भट्टराइको सभापतीत्वमा सम्पन्न कार्यक्रममा क्लस्टर १ का रिलेशनसिप मेनेजर तथा युवा समाजसेवी रुपक राज सुवेदी , सो बैकका स्थानीय शाखा प्रमुख प्रकाश कुमार राजवंशी लगायतको सहभागिता थियो । शाखा प्रमुख राजवंशी समाजसेवा भनेपछी मरिहत्ते गर्छन । सो स्थानका विद्यालयमा पढ्ने विद्यार्थीहरुको स्वास्थ्यलाइ ख्याल गरेर उक्त मेशिन वितरण गरिएको उनै राजवंशी बताउछन ।


समाजको हितकालागी  मरिहत्तत्ते गरेर बिकासनिर्माण तथा समाजसेवामा लागीपरिरहनु भएका वडा अध्यक्ष भुलबहादुर कार्कीको अगुवाइमा सो बैकले रतुवामाइमा कार्यक्रमको आयोजना गरेर वाटर डिस्पेन्स मेशिन बितरण गरेको हो ।
राजनीति तथा लामो समय जनताको हितमा काम गर्दै आउनुभएका कार्की वडाअध्यक्ष भएर आएदेखि निक्कै राम्रा विकास निर्माणका कामहरु गर्दै आउनु भएको छ । सडक निर्माण,कच्ची सडक, कालोपत्रे सडक, लाना निर्माण, तथा मानव संसाधन विकासमा निक्कै महत्वपुर्ण कामहरु गर्दै आउनुभएको छ ।

विद्यार्थी राजनीतिबाट जनप्रतिनिधि जिन्तुभएका समाजसेवी वडाअध्यक्ष कार्की विशेष गरेर वडा तथा नगरक्षेत्रको शिक्षाको बिकासमा जोड दिदै आउनुभएको छ । रतुवामाइ नगरपालिकाको प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष कार्कीका अनुसार सो मेशिनको प्रयोगले विद्यार्थीहरुले विद्यालयमा रहदा स्वच्छ पानी पिउन उपयोग गर्ने छन । विद्यार्थीले स्वच्छ पानि पिउन पाएपछी विभिन्न किषिमका सरुवा रोगबाट मुक्त हुने विस्वास लिइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१