२८ फाल्गुण २०८१, बुधबार

नक्कली प्रमाणपत्रको आरोपमा कोशी अस्पतालका रेडियोग्राफर जितेन चौधरी विरुद्ध मुद्दा दायर

Logo
news बुधबार, फाल्गुण २१, २०८१

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कोशी अस्पतालको सीटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको बीएससी तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा रहेको भन्ने उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्‍को सदस्य हुन राजीभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको​ द्यBSc. MIT Reg No 09E1958, PDC/Degree Certificate No o147294,, को झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाइएको थियो । आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी ​गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१