२८ फाल्गुण २०८१, बुधबार

विराटनगरमा गल्र्स अन ह्विल प्रतियोगितामा हुँदै

Logo
news बुधबार, फाल्गुण २१, २०८१

विराटनगर । विराटनगरमा गल्र्स अन ह्विल प्रतियोगितामा हुँदै हुने भएको छ । नारी दिवसको अवसर पारेर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरमा फागुन २४ गते गल्स अन ह्विल प्रतियोगिता गरिने भएको हो । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले पाचौं संस्करणको हुन लागेको गल्र्स अन ह्विल प्रतियोगितामा महिलाहरुले मात्र भाग लिन पाउने बताएको छ ।

प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा १ सय वटा स्कुटरको सहभागि गराउने लक्ष्य रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले बताए । प्रतियोगितामा सहभागि जनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको छ । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कूटरमा दुई जनाले भाग लिन पाउने प्रतियोगिताको संयोजक योगेश राठीले बताए ।

‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको हुन्छ । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क हुने गर्दछन् । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु हुन्छ । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गर्दछन् । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिनेछ,’ प्रतियोगिताका संयोजक राठीले भने ।

विराटनगरस्थित सिटी प्यालेसबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिहरुले खेलमा समावेश भएर सोही स्थानमा आएर कार्यक्रम समापन हुने प्रतियोगिताको अर्को संयोजक रजत गुप्ताले बताए । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको द्धितीय र तृतीयलाई पनि क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु पनि हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१