२८ फाल्गुण २०८१, बुधबार

भन्सार जाँचपास भएको ट्रक प्रहरीले समातेर राजस्वमा बुझायो

Logo
news आइतबार, फाल्गुण २५, २०८१

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट भन्सार जाँचपास भएर निस्किएको विद्युतीय सामग्री बोकेको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाएको छ ।इलाका प्रहरी कार्यालय रानी विराटनगरले भन्सारबाट जाँचपास भएकोभन्दा बढी परिमाणको सामान ल्याइएको भन्दै भारतीय नम्बर प्लेटको युपी ८७–९१८१ नम्बरको ट्रकसहित सामान र चालकलाई गत हप्ता नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाएको थियो । तर एक हप्ता बितिसक्दा समेत राजस्वले सो ट्रकलाई नछाडेपछि विभिन्न आंशका उत्पन्न हुन थालेको छ । ट्रकमा भन्सारले पास गरेकोभन्दा बढी मूल्यका सामानहरू रहेको सूचना आएपछि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वको टोलीले ४५ लाख मूल्य बराबरको विद्युतीय सामग्री बोकेको ट्रक गत सोमबार साँझ विराटनगर भन्सारको आईसीपी रोड अगाडिबाट नियन्त्रणमा लिएको थियो । तर करिब एक हप्ता बित्न लाग्दा समेत राजस्वले आफ्नो सम्पूर्ण प्रक्रिया पूरा गरी पुनःजाँच परीक्षण समेत सम्पन्न गरे पनि सामान नछोडेको खुलेको छ ।

स्रोतका अनुसार पछिल्लो समय सुनसरी राजस्वले विभागबाट निर्देशन आएपछि मात्रै सामान छोड्न सकिने भन्दै सामान धनीसँगै बार्गेनिङ गर्न थालेको छ । राजस्व अनुन्धान प्रमुख उत्तमकुमार घिमिरेले व्यापारीसँग बार्गेनिङ गर्ने र कुरा नमिले सामान सिज गर्ने धम्कीसम्म दिने गरेको स्रोतको दाबी छ । प्रहरीले पक्राउ गरी राजस्व सुनसरीमा बुझाएको उक्त ट्रकमा विद्युतीय, फुड सप्लिमेन्ट्री, श्रृंगारका सामान, मेडिकल उपकरण जस्ता वस्तु लोड गरिएको प्रज्ञापन पत्रमा उल्लेख गरिएको थियो । करिब ४५ लाख मूल्य बराबरको सामान र ट्रकसहित चालक भारतीय नागरिक ३५ वर्षीय मोहमद अस्लाम समेतलाई प्रहरीले नियन्त्रणमा लिएर मंगलबार नै राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।

करिब एक हप्ता बित्नै लाग्दा समेत सामान धनीसँग कुरा नमिलेपछि सामान नछोडी राजस्व अनुसन्धान सुनसरीका कार्यालय प्रमुख उत्तमकुमार घिमिरे काठमाडौं गएर बसेको रहस्य खुलेको छ । उक्त ट्रकमा रहेको सामानसहित मुद्दामा जाने वा राजस्व ठगी देखिएमा जरिवाना गरेर छोड्ने अन्तिम विकल्प राजस्वसँग छ । केही दिन अगाडि पनि राजस्व अनुसन्धान सुनसरीका प्रमुख उत्तमकुमार घिमिरेले अरुण भेनियरले भारततर्फ निकासीका लागि ट्रकमा लोड गरी राखिएको भेनियरप्लाई प्रहरीले पक्राउ गरी ल्याउनेबित्तिकै सामान सिज गरिदिन्छु भन्दै धम्क्याएको घट्ना बाहिर आएको थियो । कार्यालय प्रमुख घिमिरेले उक्त प्लाइपछि भारत निकासी हुने आफूलाई थाहा नभएको भन्दै छोडेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१