२८ फाल्गुण २०८१, बुधबार

कोशी अस्पताललाई पोस्ट मेटरनिटी किट वितरण !

Logo
news आइतबार, फाल्गुण २५, २०८१

विराटनगर  । माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा कोशी अस्पताललाई पोस्ट मेटरनिटी किट वितरण गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक विशेष कार्यक्रमका बीच माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रूपमा अस्पताललाई प्रसूति पछि आवश्यक पर्ने किट वितरण गरेको हो ।

प्रसूति किटमा गर्भवती महिलाका लागि गाउन, प्रोटिनयुक्त खाना र लामखुट्टेमुक्त गराउने झुल, कम्बल, डायपर सेट र बालबालिकाका लागि साबुन समावेश थियो। कुल ५० किटमध्ये आज अस्पतालकी स्त्री रोग विशेषज्ञ डा‍‍। अञ्जु देवलाई २१ किट हस्तान्तरण गरिएको मञ्चकी अध्यक्ष ललिता जाजूले बताइन।

कार्यक्रममा रोटरी क्लब विराटनगर फ्युजनका अध्यक्ष रोटरियन विवेक अग्रवाल, प्रथम महिला रोटरियन खुशी अग्रवाल, कोषाध्यक्ष रोटरियन साकेतजी मुरारका, नेपाल माहेश्वरी महिला संगठनकी उपाध्यक्ष अमिता पेडीवाल, निवर्तमान अध्यक्ष पुनम राठीको उपस्थित थियो ।

साथै संगठनकी सल्लाहकार रीता महेश्वरी, सरिता लखोटिया, अखिल भारतीय माहेश्वरी महासभाका कार्यकारी सदस्य अमिताभ माहेश्वरी, माहेश्वरी समाज विराटनगरका सचिव सुरेश परतानी, माहेश्वरी युवा मञ्चका उपाध्यक्ष नितेशजी सारडा र मञ्चका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए । कार्यक्रमको संयोजक शीतल बाहेती थिइन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१