

विराटनगर। खोटाङ उद्योग वाणिज्य सङ्घको २६ औँ वार्षिक साधारण सभाको समुद्घाटन नेपाल उद्योगवाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। महासंघका अध्यक्ष राजेन्द्र राउतले उद्घाटन गर्नुभएको उक्त कार्यक्रम मा खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री राजन आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो।
उक्त कार्यक्रममा नेपाल उद्योगवाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नरेन्द्र खड्का श्री प्रकाश कार्की त्रिुयगा उद्योगवाणिज्य सङ्घका अध्यक्ष श्री रमेश रसाइलीले शुभकामना मन्तव्य राख्नुभएको थियो।