

विराटनगर,जतनपुरे पोखरेल वंशप्रतिष्ठानको तेस्रो वार्षीक साधारणसभा शनिबार सुनसरीको झुम्कामा सम्पन्न भएको छ ।
जतन पुरेपोखरेल वंश प्रतिष्ठानका अध्यक्ष राधाकृष्ण पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिराहाको कजुना नगरपालिका अध्यक्ष भोला पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
सो अबसरमा समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउने पोखरेल बन्धुहरुलाइ दोसल्ला र सम्मानपत्र समपर्णगरी प्रमुख अतिथी पोखरेलले सम्मान गर्नुभयो ।कार्यक्रममा रोशन पोखरेल, विनोद पोखरेल,भरत पोखरेल, गोपाल गौरी प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतम विशिष्ठ अतिथीको रुपमा आशिन हुनुहुनथ्यो ।त्यसैगरी लक्षमण पोखरेल,मुनाल पोखरेल,हिरा पोखरेल रहनुभएको थियो । दुइ सय ९ पोखरेल बन्धुहरुको सहभागिता रहेको पोखरेल बंश प्रतिष्ठानका केन्द्रीय कोषध्यक्ष विष्णु पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष राधाकृष्ण पोखरेले प्रतिवेदन प्रस्तुत गनुभएको थियो त्यसैगरी कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने आजिवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल प्रेसयुनीयन मोरंगका सचिव तथा नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य तथा रेडियो नेपालमा कार्यरत पत्रकार गोपाल प्रसाद पोखरललाइ समेत सम्मान गरिएको थियो । अध्यक्ष पोखरेलले दोसल्ला , खादा र माला लगाएर सम्मान गनुभयो ।