

काठमाण्डौ / नेपाल प्रहरीमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको सिजन छ। आठ जना एआइजी दरबन्दी रहेकोमा छ दरबन्दी रिक्त छ। त्यो रिक्त दरबन्दी पूर्ति गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले आवश्यक तयारी गरिरहेको छ। सम्भवतः केहि दिनमा बढुवा सूची प्रकाशित हुने तयारी रहेको गृह स्रोत बताउँछ। नेपाल प्रहरीमा विद्यमान तीस वर्षे कार्यकाल कायम रहे हालका प्रहरी महानिरीक्षक दीपक थापा २०८२ भदौ ५ मा अवकाशमा जान्छन्। खापुङ भदौ ५ पछि दुई महिना प्रहरी नेतृत्वमा पुग्छन्। आचार्य जेठ र शर्मा भदौमा अवकाशमा जान्छन्। खापुङपछि नेतृत्वमा पुग्ने टोलीको सुनिश्चितता यो बढुवाले गर्ने हुँदा प्रतिस्पर्धा पेचिलो छ। तर अहिले त्यहि बुढुवाको सबै भन्दा बढि सामदाम दण्ड भेद प्रयोग गरेर लागेका छन २०५८ साल पुस १७ गते राष्ट्रिय अनुसन्धान विभागबाट इन्स्पेक्टरमा आएका टिके प्रहरी अचम्मै गरि लागि परेका छन ।
त्यस मध्येका पनि रौतहटमा निर्दोष पत्रकार मोहम्मद मोजिबुल्लाहलाई अपराधिक गतिबिधीमा फसाउन लागेका तत्कालिन रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह अहिले आफु निकट मिडिया ट्रायल देखि माफियाहरु सँग आर्थिक चलखेलमा लागेका छन । आफु निकट मिडियाहरुमा आफ्नो पक्षको समाचार लेखाएर राजनीति र संगठनमा इमोस्नल ब्याल्कमेल गरिरहेका छन ।
अहिले उही डिआईजी शाह अहिले शक्तिकेन्द्र धाउदै आफुलाई एआईजी बनाउन हारगुहार गर्दै नेताहरुको ढोका चाहार्ने गरेका छन । प्रहरी स्रोतका अनुसार डिआईजी शाहलाई अहिले नातामा दाइ पर्ने पुर्व आइजीपी धिरज सिंहले बोकेर हिडेका छन । तर अधिकांस पुर्व आइजीपीहरुले भने राअवि बाट आएकाहरुलाई संगठनको नेतृत्व दिन नहुने तर्क गर्दै आएका छन । त्यस कारण पनि यो पटकको बढुवामा शाहलाई लैजानु नहुने अधिकांश प्रहरी उच्च अधिकारीहरुको तर्क छ । धिरज सिंह उनै आइजी हुन आफु भन्दा १८ महिना सिनियर आइजी विश्व पोखरेललाई साइड लगाएर आइजी बन्न सफल भएका थिए । अहिले आफु भन्दा सिनियर डिआइजीलाइ नै पछि पार्न पैसाको ब्रिफकेस लिएर हिडिरहेका शाहको हातमा प्रहरी संगठन पुग्यो भने संगठन कस्तो बन्ला ?
प्रहरी संगठन भित्र उनले गरेको हर्कतले प्रहरी अधिकृतहरु नै चकित भएका छन । आफु एआईजी जसरी हुने भन्दै उनले धाक लडाउने समेत गरेको एक प्रहरी स्रोतले जनाएको छ । केहि दलालहरुलाई हातमा लिएर आफु कुनै पनि हालतमा एआइजी हुने र आइजीपी नै पक्का हुने भन्दै केहि उनी निकट प्रहरीलाई राम्रो ठाँउमा पठाउने आश्वसननै दिने गरेका छन । नानी पाउनु कहिले कहिले – कहिले कोक्रो बुन्नु अहिले भने जस्तै उखान मिल्दो जुल्दो हुने गरि हिड्ने शाहलाई एआइजी बनाए प्रहरी संगठनमै आचँ आउने देखिन्छ ।
नेपाल प्रहरीमा एकैपटक ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पद रिक्त भएको छ। नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी दीपक थापालाई नियुक्त र पाँच जना एआईजी अनिवार्य अवकाशमा गएसँगै एआईजीको ६ दरबन्दी रिक्त भएको हो ।
नेपाल प्रहरीमा अब रिक्त हुने ६ जना एआईजीका लागि तीन ब्याचका डीआईजीहरू प्रतिस्पर्धामा छन्। एआईजी बढुवाको लाईनमा रहेका डीआईजी चन्द्र कुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल ,दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी लगायत एआईजी बढुवाका लागि दौडधुपमा छन्। ०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, डम्बरबहादुर विक र हिमालयकुमार श्रेष्ठ पनि बढुवाको प्रतिस्पर्धामा छन्। राअविबाट नेपाल प्रहरीमा समायोजनपछि ०६४ पुसमा डीएसपी दर्जामा बढुवा भएका उनीहरु गत मंसिर ९ गते एसएसपीबाट डीआईजी बढुवामा सिफारिस भएका थिए।
धमिलो छ शाहको बिगत
रौतहटमा पत्रकार मोजिबुल्लाहलाई मोटरसाइकलमा लागूऔषध राखिदिएर फसाएको घट्ना अहिले उनका लागि बाधक बन्न सक्छ । तत्कालिन एसपी शाहको समेत संलग्नता रहेकोले उनलाई जिम्मेवारीबाट समेत हटाईएको थियो । शाहलाई प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको थियो । तत्कालिन समयमा घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको थियो। समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य रहेका थिए । यस्तै, मोजिबुल्लाहलाई लागूऔषधमुदामा फसाएका धिरज यादव र जितेशकुमार यादवमाथि अनुसन्धान भएको थियो भने प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परेका थिए ।