०४ बैशाख २०८२, बिहिबार

माहेश्वरी महिला मञ्चद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Logo
news बुधबार, चैत्र २७, २०८१

विराटनगर। माहेश्वरी महिला मञ्च विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । महिला मञ्चकी अध्यक्ष ललिता जाजुको सभापतित्वमा आयोजित स्वास्थ्य शिविरको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपृेन्द्र राईले गरेका थिए ।प्रदेश सांसद भीम पराजुलीलगायतको उपस्थितिमा मंगलबार कटहरी ४ श्री भगवती आधारभूत विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा सयौंले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा विराटनगर नर्सिङ होमका महिला बालबालिका, मानसिक रोग विशेषज्ञ र अनुभवी चिकित्सकहरूद्वारा निःशुल्क जाँच तथा परामर्श सेवा दिइएको थियो । साथै निःशुल्क ब्लड प्रेसर र सुगर, ई–सिजी पनि गरिएको थियो । निःशुल्क औषधि वितरण पनि गरिएको छ ।कार्यक्रममा माहेश्वरी समाजका अध्यक्ष घनश्याम काबरा, माहेश्वरी समाजका बजरंग कोहली, मञ्चकी सहसचिव अर्चना तापडिया, सल्लाहकार पुनम राठीलगायतको सहभागिता थियो । कार्यक्रम संयोजक प्रीति अटल थिइन् ।यसअघि माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अञ्चल अस्पताललाई ‘पोस्ट मेटरनिटी किट’ वितरण गर्नुका साथै डस्विनहरु उपलब्ध गराएको थियो । आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता विभिन्न कार्यक्रम गर्ने मञ्चको योजना रहेको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१