०४ बैशाख २०८२, बिहिबार

वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथानका प्रमुखको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

Logo
news बिहिबार, चैत्र २८, २०८१

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडा अध्यक्षलाई कार्यवाहक दिएको विषय अदालतले यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। उपाध्यक्ष कार्यालयमा नै रहेको बेलामा वडा अध्यक्षलाई कार्यवाहक दिएर चीन भ्रमणमा हिँडेको विषय अदालतमा पुगेको थियो।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको एकल इजलाशले  निवेदक ग्रामथान गाउँपालिकाकाका उपाध्यक्ष गुणावती देवी थारुले माग गरेअनुसार  ग्रामथान गाउँपालिका वडा अध्यक्ष ३ का  वडा अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएको विषय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो।

अदालतले गाउँपालिकाका  अध्यक्ष माझी मिति २०८१ चैत २६ गतेबाट चीन भ्रमणमा गई फर्की नआउँदासम्म बहालवाला उपाध्यक्ष रिट निवेदकले अध्यक्षको कार्यभार सम्हाल्न पाउने हुँदा प्रत्यर्थी अध्यक्ष नमोनारायण माझीले वडा अध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको च.न. १९६९ चैत २५ गतेको पत्र  र सो सम्बद्ध निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१