०४ बैशाख २०८२, बिहिबार

न्यु ज्योति ट्रेडर्सलाई राजस्व अनुसन्धान प्रमुखबाटै बार्गेनिङ

Logo
news आइतबार, चैत्र ३१, २०८१

विराटनगर । संघीय सरकारले खारेजी गर्ने अवस्थामा पुुगेको राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालयका प्रमुखले केही व्यवसायीसँग व्यक्तिगत लाभका लागि बार्गेनिङ गर्ने गरेको खुलेको छ ।विराटनगरको भृकुटी चोकमा रहेको न्युुज्योति ट्रेडर्सका सञ्चालनसँग राजस्व अनुसन्धान सुुनसरी कार्यालय प्रमुख उत्तम कुमार घिमीरेले पाँच महिनादेखि व्यवसायी कारोबारको व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बार्गेनिङ गरेको खुलेको हो । गत मंसिर महिनामा न्युज्योति ट्रेडर्सले मार्बललगायत सेनिटरीको बिक्रीवितरणमा स्टिमेट बिलदेखि नक्कली भ्याट बिलसम्म जारी गरेर राजस्व छली गर्ने गरेको भन्दै राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अहिले पाँच महिना बित्नै लाग्दा समेत के कारबाही गर्ने भन्ने राजस्व अनुुसन्धान सुनसरी कार्यालयले निक्र्याैल नगर्दा व्यवसायीको सबै कारोबार नै ठप्प छ ।

न्युज्योति ट्रेडर्सले बिलविजक जारी गर्नुपर्नेमा बिलविजक जारी नगरी स्टिमेट बिलबाट सामान बिक्रीवितरण गरेको भन्दै मूल्य अभिवृद्धि कर समेत छली गर्ने गरेको आरोपमा छानबिन थालेको थियो । कार्यालयले हालसम्म फाइल अड्काएर राखेको र हाल आएर अझै विस्तृत अनुसन्धान गर्न आवश्यक रहेको भन्दै दुःख दिन थालेको व्यवसायीको गुनासो छ । राजस्वले व्यवसायीको आवश्यक कागजार नियन्त्रणमा लिएर पाँच महिनासम्म झुलाएर राख्नुले आंशका समेत उब्जिएको छ । सो कार्यालय प्रमुख घिमिरेले व्यवसायीसँग आर्थिक बार्गेनिङ गरेर दुुःख दिन थालेको स्रोतको दाबी छ । न्यु ज्योति ट्रेडर्सबाट बिक्री भएका मार्वल र टायल्सको बिक्री र राजस्व दाखिलाका सम्बन्धमा अनुसन्धानका नाममा घिमिरेले बार्गेनिङ गर्न थालेका हुन् ।

स्रोतका अनुसार पाँच महिनादेखि न्युज्योति ट्रेडर्सको व्यावसायिक फर्मको कागजात नियन्त्रणमा लिएर अहिलेसम्म पनि निष्कर्षमा पुग्न नसकेको राजस्व अनुसन्धानको अनुसन्धानले व्यवसायी मन्टु साहसँग व्यापकरूपमा मोलमलाई गरिरहेको छ । यस्ता बार्गेनिङमा कार्यालय प्रमुख उत्तम कुमार घिमिरेले सोझै लेनदेनको कुरा निकाल्ने गरेका छन् । राजस्व प्रमुख आफैँले बार्गेनिङ सुरु गरेपछि अहिले ज्योति ट्रेडर्स र राजस्व अनुसन्धान सुनसरीका बीचमा चलेको दोहोरी समेत सार्वजनिक भएको छ । यसले गर्दा कार्यालय प्रमुख उत्तम कुमार घिमिरे पछिल्लो समय विवादित बन्न पुगेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१