०१ चैत्र २०८१, शनिबार

एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीको उपचार

Logo
News मंगलबार, जेठ ०१, २०८१

विराटनगर ÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् ।
विराटनगर वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत मानिकचन भगतले जानकारी दिनुभयो । जसमा १ सय ६२ जना फिजिसियन, ७१ जना हाडजोर्नी, ३१ जना बालरोग, ५४ जना छाला रोग, ७४ जना स्त्री तथा प्रसूति रोग, ५५ जना भिआईए जाँच, १२२ जनाको भिडियो एक्सरे, ६५ जनाले इसीजी सेवा लिएका छन् । त्यस्तै १० जना क्षयरोग पहिचान भएको छ ।
महानगरले १९ वटै वडामा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । शिविरमा फिजिसियन, बालरोग, छालारोग, स्त्री रोग, हाडजोर्नीलगायतका सेवा प्रदान गरिएको शिविरका फोकल पर्सन भोला तिम्सिनाले जानकारी दिनुभयो । महानगरले गत वर्षदेखि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस वर्ष १६ वटा वडामा स्वास्थ्य शिविर सम्पन्न भइसकेको तिम्सिनाले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१