विराटनगर,जेठ ३ गते ।
पछिल्लो समय आर्थिक क्षेत्र नै तहसनहस भएको बेलामा पनि आन्तरिक राजश्व कार्यालय विराटनगरले राजस्व संकलनमा गत आर्थिक वर्ष भन्दा चालुु आर्थिक वर्षको दश महिनामा लक्ष्यको ९० प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको यो दश महिनामा संकलन गरेको राजस्वको तथ्यांक हेर्दा क्रमशः राजश्वमा बृद्धि हुँदै गएको र आफनो लक्ष्य अनुसारको राजश्व संकलनमा बृद्घि नै भएको तथ्याँकले पुुष्टि गरेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिकको बैशाख मसान्त सम्ममा ७ अर्व २३ करोडको लक्ष्य लिएकोमा ६ अर्ब २३ करोड अर्थात ९० प्रतिशत राजस्व संकलन गरेको कुरा आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.वी. क्षेत्रीले जानकारी दिनु भएको छ । यो राजस्वको बृद्धि दर गत आर्थिक वर्षको भन्दा बढी भएको कुुरा प्रमुुख क्षेत्रीे जानकारी दिनुु भएको छ । अहिलेको प्रतिकुुल आर्थिक अवस्थामा पनि आराका विराटनगरले गत वर्षको भन्दा राजश्व बृद्घि गर्न कार्यालय सफल भएको भनाइ प्रमुुख कर अधिकृत क्षेत्रीको छ ।
आराका विराटनगरले चालुु आवको बैशाख मसान्त सम्ममा अन्तः शुल्क तर्फ २ अर्व १४ करोड अर्थात एकसय ११ प्रतिशतले राजश्व संकलन गरेको छ । त्यसै गरी आयकर तर्फ पनि २ अर्व २१ करोड अर्थात ८४ प्रतिशत राजश्व संकलन गर्न आन्तरिक राजश्व कार्यालय सफल भएको छ । मुुअकर तर्फ पनि १ अर्व ८८ करोड अर्थात लक्ष्यको ७६ प्रतिशत राजश्व संकलन गर्न आराका विराटनगर सफल भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डि.वी क्षेत्रीका अनुसार चालु आर्थिक वर्ष मा प्राइभेट कम्पनीहरूले बुझाउनु पर्ने आयकर राजस्व निकै नै घटेको छ । घरजग्गा किनबेचबाट हुने मुनाफा र सेयर कारोबारबाट आउने करमा समेत चालुु आवमा ब्यापक राजश्व घटेको छ । त्यस्तै बिक्री वितरणबाट आउने कर पनि घटेको छ । ठेक्का तथा परामर्शबाट आउने कर देखी अन्य औद्यँेगिक उत्पादनबाट आउने करमा समेत राजश्व संकलन कम भएको छ । तर पनि अहिलेसम्मको कर संकलनको समग्र स्थितिलाई हेर्दा खेरी राजश्व संकलन निराशाजनक नभै सन्तोषजनक नै भएको कुरा प्रमुख क्षेत्रीको भनाइ रहेको छ ।