३० चैत्र २०८१, शनिबार

महानगरको एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीद्वारा स्वास्थ्य जाँच

Logo
News मंगलबार, जेठ ०८, २०८१

विराटनगर ÷ विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् ।
महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो । शिविरको औपचारिक रुपमा समापनसमेत गरिएको छ । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेललगायतको उपस्थितिमा शिविरको औपचारिक समापन गरिएको थियो । स्वास्थ्य जाँचअन्तर्गत फिजिसियनतर्फ २ हजार ३ सय २१ जनाले सेवा लिँदा हाडजोर्नीतर्फको सेवा ८ सय ६१ जाले लिएका छन् । त्यस्तै स्त्री तथा प्रसूतितर्फ ६ सय ७३ जना, बालरोगतर्फ ६ सय ४६ जना, मुख तथा दाँतको जाँच २ सय ५१ जना र छाला तथा यौनरोगतर्फ ४ सय ३६ जनाले जाँच गरेको संयोजक यादवले बताउनुभयो ।
त्यसैगरी भिडियो एक्स–रे १ हजार ३ सय ७२ जनाले गराउँदा इसीजी ६ सय ५६ जनाले गराएका छन् । पाठेघरको जाँच ५ सय ७० जना, ल्याब सेवा लिनेको संख्या १ हजार २ सय ५२ जना रहेको छ । शिविरमा आएका मध्ये १ सय ९६ जना शंकास्पद क्षयरोगीहरुको खकार संकलन गरी परीक्षण गरिएको छ । जसमध्ये एकजनामा बहुऔषधि प्रतिरोधी क्षयरोगी पहिचान भएको छ ।
स्वास्थ्य शिविरमा सबैभन्दा बढी वडा नम्बर १९ मा ४ सय २२ जनाले सेवा लिएका छन् भने सबैभन्दा कम वडा नम्बर १० मा १ सय १८ जनाले सेवा लिएको स्वास्थ्य शिविरका सम्पर्क व्यक्ति भोलानाथ तिम्सिनाले जानकारी दिनुभयो ।
महानगरपालिकाले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको मेयर नागेश कोइरालाले बताउँदै आउनुभएको छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको समेत कोइरालाले बताउनुभयो । यसबाहेक १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१