०१ चैत्र २०८१, शनिबार

ट्राफिक प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण

Logo
News आइतबार, जेठ १३, २०८१

सुनसरी, जेष्ठ १३ गते ।

ट्राफिक ब्यबस्थापनको सहजताका लागि ईटहरीमा रहेको अटो सिटि बजाज सोरुमका संचालक प्रदिप कुमार सन्थालियाले ट्राफिक प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो प्रदान गर्नु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी परिसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा ब्यबसायी एवं समाजसेवी सन्थालियाले ४ थान बिद्युतिय टेम्पो प्रमुख अतिथि खापुङलाई प्रदान गर्नु भएको हो । सोही कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले उक्त बिद्युतिय टेम्पो ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि खापुङले सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै उक्त बिद्युतिय सवारी साधनले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन कार्यमा सहजता पुग्नुका साथै उक्त सवारी साधनको प्रयोग गरी सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु संचालन गरीने बताउनु भयो । कार्यक्रममा समाजसेवी सन्थालियाले सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीको काम कारवाहीमा सहजता तथा सवारी दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरोस भनि प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताउनु भयो । उक्त कार्यक्रममा कोशी प्रदेशका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, सुनसरी जिल्लाका प्रहरी प्रमुख बिपिन रेग्मी लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१