०८ पुष २०८१, सोमबार

सातै प्रदेशमा ‘श्रमदान रोजगार मेला’

Logo
News मंगलबार, जेठ १५, २०८१

विराटनगर, जेष्ठ १५ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रमयात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले श्रमदान रोजगार मेला आयोजना आगामी जेष्ठ १७ गते देखी शुरु हुने भएको छ।

उद्योग वाण्ज्यि महासंघ कोशी प्रदेशले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य महासंघ का अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेश श्रम मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुवात मात्रै भएकोबताउनुभयो । आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय तह र वडासम्म पनि पु¥याउन सरकार लाग्नुपर्ने उहाँको भनाई थियो ।

मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारसम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको बताए। ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन्। त्यसैगरी, रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउन सकिनेछ,’ उनले भने।

मेला आगामी जेठ १७ गते देखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ। मेला हरेक प्रदेशमा २ दिन चल्नेछ । नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरूबीच मध्यस्थताको काम गर्नेछ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमदान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरूको पनि सहभागिता रहनेछ। साथै, मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ।

सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटेल व्यवसायी महासंघको पनि मेला स्टल राखिनेछ।

मेला कोशी प्रदेशको विराटनगरको सिटी पाटी प्यालेसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ । मधेश प्रदेशको वीरगन्जमा १९ र २० गते सञ्चालन हुनेछ। गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बागमती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१