०८ पुष २०८१, सोमबार

अर्थमन्त्री बर्षमान पुनद्धारा संसदमा बजेट पेश

Logo
नितिन आचार्य मंगलबार, जेठ १५, २०८१

नितिन आचार्य, काठमाण्डौ ।

राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसदमा  पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप  नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आज संसदमा बजेट पेश गर्नु भएको हो ।

जसमा सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको तुलनामा ६.२% ले धेरै हो ।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात्  १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ अर्ब २७ करोड रूपैयाँ विनियोजन रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने तयारी रहेको छ ।

साथै, आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड संकलन गर्ने लक्ष्य रहेको छ ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ र मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१