

विराटनगर ।
नेपाल सरकारले आर्थिक बर्ष २०८१÷०८२ मा का लागी प्रस्तुत गरिएको बजेटमा दैनिक भान्छामा प्रयोग गरिने अत्यावश्यक प्रयोगमा आउने खाद्ययान्न दाल तथा गेडागुडीमा १० प्रतिशत अग्रिम आयकर लागेको भन्दै नेपाल चामल तेल दाल उद्योग संघले ध्यानकर्षण भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै संघले कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आय कर थपिदा आयातित दाल , गेडागुडी र खुल्ला सिमाना बाट आयात हुने दाल गेडागुडी संग प्रतिस्पर्धा गर्न नसकी यसको उद्योग बन्द हुने भएको छ । कच्चा पदार्थ मा १० प्रतिशत थपिदा स्वदेशी उद्योगलाई टिक्न गाह्रो हुने संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।