

काठमाडौं । एनआईसी एसिया बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२४’ पाएको छ ।
बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट बैंक सम्मानित भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरे वापत बैंकले १० विधामा २०० आवेदनका बीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको जनाइएको छ ।
बैंकले प्राप्त गरेको यस सम्मानले आफ्ना सेवाहरूलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक माझ पु¥याउन टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।